गौ हत्या गर्नेलाई आजीवन कारावास को माग गर्दै नेपाल विश्व हिन्दु महासंघको टोलि संस्कृति मन्त्रालयमा!

काठमाडौं । हाम्रो देश नेपालमा विभिन्न ठाउँमा घटना हुदै गर्दा पनि ,मिति २०८० असोज ७ गते एक समूहले गोरु काटेर सार्वजनिक रूपमा भोज गरि उक्त भोजको तस्बिरहरू सामाजिक संजालमा राखेको विषयलाई लिएर नेपाल विश्व हिन्दु महासंघले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती लाई ज्ञापन पत्र बुझाएको छ।

Advertisement

महासंघका महासचिव अभिषेक तिवारी द्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा, नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छौं। गाई (गौवंश) नेपालको राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दूहरुको आस्था एवं अन्तर आत्मासंग समेत जोडिएको तथ्य सर्व विदितै छ। हिन्दूहरु गौवंशलाई भगवानको रुपमा पुज्ने गर्दछन । गौवंशको हिन्दू धर्ममा धार्मिक महत्व रहनुका साथै वैज्ञानिक रुपमा समेत विशेष महत्त्व रहेको छ। नेपालको कानुनले गौहत्यालाई पूर्णतः वर्जित गरेको भएता पनि दिनानुदिन गौ हत्याको घटना बढनु गम्भीर एवं चिन्ताजनक विषय हो । कानुनमा गौहत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता मौलाएको देखिन्छ।

हालै धरानमा तारेखमा रिहा भएका अपराधी सहितका एक समूहद्वारा सार्वजनिक रूपमा गोरूको हत्या गरि राज्य लाई चुनौती दिदै खुलेआम भोज गरिएको पनि सर्वविदितै छ। घटनामा संलग्न रहेका अपराधीहरूले सार्वजनिक रूप मैं गौमांसको भोज आयोजना गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा समेत प्रहरी प्रशासन मौन रहनुले प्रहरी प्रशासनको चरित्रमा समेत प्रश्न चिन्ह खडा भएको छ। यस पूर्व धरान स्थिति एक हिन्दू मन्दिरको गरिमा विपरित चर्च स्थापनामा धरानका नगर प्रमुखको मौन समर्थन एवं संलग्नताले धरानमा हिन्दू विरोधी तत्वको मनोबल बढेको देखियो। यस किसिमको घटनाक्रमले बारम्बार हिन्दू समुदायको आस्था एवं भावनामा गम्भीर चोट पुर्याइ खेलवाड गर्दै आएको छ । गौहत्यामा संलग्न अपराधीहरुलाई समय मै कानुनी दायरामा ल्याईएन भने समाजिक सद्भावमा समेत खलल पुग्ने निश्चित देखिन्छ।

नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौवंश हत्यामा संलग्न अपराधी एवं यस प्रकृतिका अपराधीलाई बचाउन खोज्ने तत्व समेतलाई कडा भन्दा कडा कारवाही गर्न नेपाल विश्व हिन्दू महासंघले संस्कृति मन्त्री किराँती लाई गम्भीर ध्यानाकर्षण गराएको छ। उक्त अवसरमा महासंघका राष्ट्रिय संयोजक शंकर पौडेल, सहअध्यक्ष रामनाथ मैनाली, वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद, उपाध्यक्ष मेनुका ढकाल, कोषाध्यक्ष सत्यदेवी सेढाई लगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box