वीरगञ्ज ।वीरगञ्ज मा आज बेलुका गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै चिकित्सक(डाक्टर)हरुले वीरगन्जमापनि प्रदर्शन गरेका छन् ।
मेडिकल एशोसियसन अफ नेपालको अगुवाईमा चिकित्सकहरुले बिहीबार साँझ विरोध जुलुश निकालेर प्रदर्शन गरेका हुन् ।
जुलुशमा सहभागी चिकित्सकहरुले स्वास्थ्यमन्त्री राजीनामा दे , गृहमन्त्री राजीनामा देखि डाक्टर कुट्न पाइदैन , कि सुरक्षा दे कि भिसा दे, जेल वीथ आउट बेल लागु गर लगायतका नारापनि लगाएका थिए ।
वीर्तास्थित मेडिकल एशोसियसन अफ नेपालको नारायणी शाखा भवन अगाडिबाट निस्किएको चिकित्सकहरुको विरोध जुलुश नगर परिक्रममा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै मेडिकल एशोसियसन अफ नेपालको नारायणी शाखा अध्यक्ष डाक्टर मनोज गुप्ताले देशका विभिन्न स्थानका अस्पतालभित्रै डाक्टरहरुमाथि आक्रमण भइरहदाँ पनि सरकार मौन बसेको बताए । दिनहँु डाक्टर कुटिदापनि गृहमन्त्री र स्वास्थ्यमन्त्री कानमा तेल होर बसेकोले दुवैमन्त्रीको राजीनामा माग गरिएको उनले बताए । उनले भने,‘कि त सरकारले हामीलाई सुरक्षा दिनु परयो कि त विदेश जाने भिसा दिनु परयो । नेपालमा बसेर काम गर्न सक्ने अवस्था नै देखिएको छैन ।’
डाक्टरमाथि कुटपिट र आक्रमण गर्नेहरुलाई कारबाही गर्नुको सट्टा राज्यका निकायले नै मिलापत्र गर्ने दबाब डाक्टरमाथि दिनुले सरकार आफैंले नेपालमा डाक्टरहरु नबसुन् भन्ने चाहेको प्रष्ट भएको उनले बताए ।
प्रदर्शनमा सहभागी एशोसियसनका निवर्तमान महासचिव डाक्टर उदयनारायण सिंहले आँफै असुरक्षित भएर डाक्टरले बिरामीको उपचार गर्न नसक्ने बताए । उनले भने,‘ हामीले यो सरकारसंग अरु केहि होइन केवल सुरक्षाको माग गरेका छौं, डाक्टर कुट्नेलाई कानूनी कारबाही होस् भनेका छौं । तर सरकारी निकायले नै कुटपिट गर्नेहरुसंग उल्टै मिलापत्र गर भनेर डाक्टरहरुलाई दबाब दिइरहेको छ । यस्तो अवस्थामा हामी डाक्टरहरुको मनोबल झन् खस्किएको छ ।
मेडिकल एशोसियसन अफ नेपालको नारायणी शाखा अध्यक्ष डाक्टर मनोज गुप्ताको अध्यक्षतामा भएको प्रदर्शनमा वीरगन्जमा रहेका ससरकारी र नीजी अस्पाल, क्लीनक , नर्सिङ होेम , मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुको सहभागीता थियो ।
यसअघि बुधबारपनि वीरगन्जको घण्टघार चोकमा चिकित्सकहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए