मुख्यमन्त्री यादवलाइ समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक अरुण झा रिहा

जनकपुरधाम,११ असोज : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक अरुण झा रिहा बिहीबार रिहा भएका छन् ।

गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नदोहोरिने सर्तमा उनलाई बिहीबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

झाले फेसबुकमा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्रीलाई कालो मोसो दल्ने चेतावनीका साथै सामाजिक सद्भाव भड्किने शब्दहरु प्रयोग गरेपछि उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

मौखिक उजुरीमात्रै भएकोले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको प्रहरी नायब उपरीक्षक अवाको भनाइ छ ।पक्राउ परेर छुटेका झा आयुर्वेदिक चिकित्सक हुन् । साभार : अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.