वीरगञ्ज।वीरगञ्ज मुस्लिम धर्मावलम्बीहरूले आज बिहीबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती`माेहम्मद डे´ मनाइ रहेका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो ।
पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।
वीरगन्जका मुस्लिम अगुवा मुस्सरफ खानले मोहम्मद डेका दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म दिन मनाउने गरिएको बताए ।
मुस्लिम अगुवा वसिम आलमले हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाइचारा अभिवृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्त्वपूर्ण रहेको बताए ।
वीरगन्जमापनि आज मुस्लिम धर्मावलम्बीले `माेहम्मद डे ´ मनाएका छन् । बिहान वीरगन्जकाे छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टाेलबाट निकालिएको जुलुश नगर परिक्रमा गरेर घणटघर चाेकमा पुगेर समापन भएकाे थियाे ।
माेहम्मद डे मा आज मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।