Post Views: 12,434
वीरगञ्ज । उद्योगपति विनोद चौधरीको भारत देशको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।
विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी)का तीन कम्पनीमा छापा मारेका हुन् ।
विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ । आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । उनका भारतमा रहेका अन्य कम्पनी पनि निगरानीमा रहेको जी न्यूजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
27
+1
2
+1
3
+1
9
+1
1
+1
6
+1
12