राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता

वीरगञ्ज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता रहेको पाइएको छ । मोरङको विराटनगर महानगरपालिका- १७ रानीका स्थायी निवासी आलमले नेपालबाट बंशज नागरिकता लिएका छन्। उनले भारतको अररिया जिल्लाको यादव टोला शैफगंज ईदगाहा नजिक शिफगंजबाट पनि भारतीय नागरिकता लिएको पाइएको हो।

Advertisement

उनले नेपालबाट २०६६ साल जेठ ५ गते बंशजको नागरिकता लिएका हुन् । नेपाली नागरिकतामा बुवा अब्बास मिया र आमाको नाम मोबिना खातुन उल्लेख गरिएको छ।

त्यस्तै भारतीय आम आादमीका अधिकार कार्डको नम्बर ८८१९११९३४३८० उल्लेख गरिको छ । भारतको विहार राज्य अन्तर्गत आयकर विभागको स्थायी लेखा संस्था कार्डको नम्बर इभी एन पी एम २३५५ सि रहेको छ । साभार : अन्नपूर्ण बाट

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box