महासंघ र महाअभियानको संयुक्तमा गृहमन्त्री लाई ज्ञापन पत्र बुझाइएको छ।

 

Advertisement

काठमांडु ।काठमांडु सर्लाहीको सदरमुकाम मलंगवा वडा नं. ३ मा मूर्ति सेलाउने क्रममा रुपेश यादव लगायत ७/८ जना माथी छुरा प्रहार गरिएको घटना प्रति गम्भीर आपत्ति प्रकट गर्दै समतामूलक समाज निर्माण महाअभियान तथा नेपाल विश्व हिन्दु महासंघ द्वारा संयुक्तरूपमा आज गृहमन्त्री लाई ज्ञापन पत्र बुझाइएको छ।

उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषी लाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कानुनी कार्यवाही तथा पीडित र घाइतेहरुको उपचारको लागी न्यायोचित क्षतिपूर्ति को माग गर्दै ज्ञापन पत्र बुझाइएको महाअभियान तथा महासंघको महासचिव अभिषेक तिवारीले जानकारी गराउनु भयो।
उक्त अवसरमा समतामूलक समज निर्माण महाअभियान का राष्ट्रिय संयोजक बिजय प्रकाश निषाद, नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष शंकर पौडेल, महाअभियान कि उपाध्यक्ष सुनिता साह क्रान्ति तथा सचीव डा. ऋषि साह लगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box