वीरगंज ५ असोज । बिरगंजमा हिन्दूवादी युवाहरुले शुक्रबार सांझ बिरोध प्रदर्शन सहित मोटरसाइकल जुनुस निकालेको छ । सर्लाहीको सदरमुकाम मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार हिन्दु समाजले वीरगंज बन्दकाे आव्हान गरेको छ ।
सर्लाहीको मलंगवामा बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको थियो । युवकको अवस्था गम्भीर रहेको छ ।
साेही घटनाकाे विराेधमा हिन्दुवादी संघ/संगठनहरुले वीरगंज बन्दकाे आवहान गरेका हुन् । वीरगंज बन्दलाई सफल बनाउन हिन्दु युवाहरुले शुक्रबार सांझ वीरगंजमा निकालेकाे माेटरसाइकल र्याली वीरगंज बजार क्षेत्रकाे परिक्रममा गर्दै घण्टाघरमा पुगेर सम्पन्न भएकाे थियाे ।
बसपार्क देखि घण्टाघरमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले शनिबार वीरगंजका पसलहरु बन्द गरेर बन्द सफल बनाउन वीरगंजबासीमा आग्रह समेत गरेको छ । प्रदर्शनकारीहरुले भाेलीकाे बन्द सफल पार्न शनिबार विहान १० बजे वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा समाजका सबै जनालाई जम्मा हुन पनि आवहान गरेका छन् ।
हिन्दु युवाहरुले माेटरसाइकल र्याली बसपार्क देखि घणटघर हुँदै माइस्थान चौक , अलखिया मठ , आदेशनगर चौक , घडियरवा चौक , माइस्थान , घणटघर , मुर्ली चौक , पावरहाउस चौक , गण्डक चौक , परवानिपुर चौक हुँदै घणटघरमा आएर समापन भएको थियो ।