Post Views: 797
वीरगञ्ज ५ असोज । प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पर्साका दुई जना पत्रकारले पनि पाउने भएका छन् ।
५४ औँ स्थापना दिवसका अवसरमा प्रेस काउन्सिलले पर्साका पत्रकार रितेश त्रिपाठीलाई प्रेस काउन्सिल समावेशिता पत्रकारिता पुरस्कार र युवराज खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ ।
प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका दिन असोज ६ गतेका दिन काठमाडौँमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्ययतामा आयोजना गर्न लागेको समारोहमा दुवै पत्रकारलाई पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ ।
काउन्सिलले उक्त कार्यक्रममा विभिन्न विधामा अन्य पत्रकारलाई पनि पुरस्कृत गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0