सर्लाहीमा मुर्ती सेलाउन जाने क्रममा हिन्दूहरूमाथि संघातिक आक्रमण, प्रशासनद्वारा कर्फ्यू आदेश

मलंगवा ४ असोज । सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबीच भएको झडपको हप्ता नबित्दै फेरि हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ।

Advertisement

आज (बिहिबार) पनि सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ स्थित गणेश चतुर्थीको मुर्ति सेलाउन जाने क्रममा झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। झडप नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

झडपको क्रममा केही व्यक्ति घाइते समेत भएको र उपचारको लागि प्रदेशिक अस्पताल मलंगवामा पठाइएको स्थानीयले बताएका छन् । मूर्ति सेलाउने क्रममा हिन्दू समुदायमाथि मुस्लिम समुदायका केही व्यक्तिले घरको छतमाथिबाट तातो पानी र ढुंगा फालेको स्थानिय हिन्दू पक्षधरहरुको भनाइ रहेको छ।

केही दिन अगाडि भएको झडप पश्चात् दुई समुदायबीच सदभाव कायम गर्न रैलि समेत निकालिएको थियो तर आज पुनः झडप भएको छ।

सनातनी हिन्दूहरूमाथि बारम्बार आक्रमण र सांघातिक आक्रमण भैरहँदा त्यहाँको प्रशासनले दोषी उपर कारवाही गर्नुको सट्टा हिन्दूहरूलाई नै दबाउने प्रयास गर्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन्।

यसैबीच मलंगवाको अवस्था थप भयावह हुने संकेत देखिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार अवेर राती एउटा सार्वजनिक सूचना जारी गर्दै मलंगवाका केहि क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको ज़नाएका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box