काठमाडौं महानगरले विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई जागिरबाटै निकाल्ने

काठमाडौं– विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई काठमाडौं महानगरले कारबाही गर्ने भएको छ। शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गर्ने शिक्षकलाई जागिरबाटै निकाला गरिने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईले जानकारी दिए।

Advertisement

‘आन्दोलन गर्न पाइयो। आफ्नो माग राख्न पाइयो तर विद्यालयमा आफूले पढाउनुपर्ने सबै परियड पढाउनु पर्छ भन्ने महानगरको धारणा हो,’ उनले भने, ‘यदि कुनै शिक्षकले विद्यालय समयमा पढाउनु पर्ने विषय पढाउन छाडेर आन्दोलन गर्न गए विद्यालयमा अध्यापन गराउनै नपाउने गरी कारबाही गरिनेछ।

भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउने गरी महानगरपालिकाले शिक्षा ऐन संशोधन समेत गरेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box