वीरगञ्जमा बेवारिसे लास फेला

वीरगञ्ज।वीरगञ्ज महानगरपालिका वडा नं.३ छप्कैया टोल स्थित २०८०-०६-०२ गते बिहान ०६:३० बजेको समयमा जिल्लाप्रहरी कार्यालय ले  रेडक्रस ब्लड बैंकको दक्षिण पट्टी भित्री सडकको छेउमा ब्लड बैंकको वालमा टासिई बनाएको सिमेन्टको स्लेप माथि जिउ नाङ्गो, निलो रंगको फुल जिन्स पाईन्ट लगाएको र खुट्टामा सेतो स्पोर्ट जुत्ता लगाएको हाल सम्म नामथर वतन नखुलेको अं.वर्ष ३०/३५ को पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने समेतको सूचना प्राप्त भई तत्कालै यस कार्यालयबाट soco समेतको प्रहरी टोली खटि गई घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी मृतक लास नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको ।
साथै मृतकको निम्न लिखितको विवरणको कपडा र हुलिया रहेको हुँदा उल्लेखित हुलियासंग मिल्ने कोही पुरुष हराइ रहेको भए जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग पुर्‍याइ दिन हुन समेत अनुरोध ।

Advertisement

उक्त जानकारी आज जिल्ला प्रहरी कार्यालय ले आफ्नो विज्ञप्ति मार्फ़त समेत सामाजिक संजालको फेस बुक आइडी बाट सार्वजनिक गरेको छ।
निम्न
१. उचाईः- ५ फिट ६ ईन्च
२. वजनः-६०/६५ के.जी.
३. साथमा फेला परेको कपडाः-निलो फुल जिन्स पाईन्ट, स्पोर्ट जुता
४. शरीरको बनौटः- मध्यम

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box