वीरगञ्ज । वीरगञ्ज जनता समाजवादी पार्टी पर्साले मधेस आन्दोलनका सहिदका शालिकमा माल्यार्पण गरेर संविधान दिवस मनाएका छन् ।
२०७२ असाेज ३ मा जारी संविधान मधेस विराेधी रहेकाे भन्दै हरेक असाेज ३ गतेलाई कालाे दिवसका रुपमा मनाउँदै आएकाे जसपाले यसपालि भने संविधान दिवसकाे विराेध वा समर्थन केहि गरेन ।त्यसकाे सट्टा बुधबार मधेसी सहिदका शालिकमा माल्यार्पण गरेर जसपाले संविधान दिवस मनाएकाे हाे ।
त्यसैक्रममा बुधबार बिहान वीरगन्जको घणटघरकाे मधेसी सहिद पार्क र तिलावे पुल छेउकाे मधेसी सहिद स्मारकमा रहेका सहिदका सालिकमा जसपाका नेता तथा कार्यकर्ताले माल्यार्पण गरे ।
घणटघरमा आयाेजित कार्यक्रममा बाेल्दै जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुरले आजैका दिन सहादत प्राप्त गरेका सम्पुर्ण मधेसी सहिदलाइ सम्मान अर्पण गर्दै माल्यार्पण गरिएको बताए ।उनले संविधानमा रहेका कैयन प्रावधान मधेस, मधेसी र शोषण उत्पिडनमा परेकाहरुकाे हितमा नरहेकाले संविधानकाे संशाेधन आवश्यक रहेकाे बताए।
जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवकाे अध्यक्षतामा भएकाे उक कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, प्रदेश सदस्य माहाराज यादव, वीरेन्द्र प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद, जिल्ला उपसचिव सुनिल कुशवाहा, जिल्ला कार्यकारीणि समिति सदस्य श्यामबाबू चौरासीया, जिल्ला सदस्य मुमताज देवान ,समाजवादी मुस्लिम संघका वरिष्ठ उपाध्यक्ष अब्दुल रौउफ अन्सारी, क्षेत्रीय अध्यक्षहरु कामेश्वर पन्डित, घनश्यामबाबू गुप्ता, उपाध्यक्ष तुफैल अख्तर,वीरगन्ज ८ का वडा अध्यक्ष रितेश गुप्ता लगायतकाेपनि सहभागीता थियाे ।
त्यसअवसरमै घणटघर चाेकमै रहेकाे स्वर्गीय बाबा रामजनम तिवारीकाे शालिकमापनि जसपाका नेताकार्यकर्ताले माल्यार्पण गरेका थिए।
यस्तै संविधान दिवसकै दिन जसपाका नेता कार्यकर्ताले वीरगन्जको तिलावे पुल नजिकै रहेकाे मधेसी सहिद स्मारकमा माल्यार्पण कार्यक्रम गरेका छन् ।
उक्त कार्यक्रममा जसपाका राजनितिक समिति सदस्य सुरेन्द्र कुर्मि, जिल्ला सह इन्चार्ज दिपक यादव,जिल्ला सदस्य उपेन्द्र राय, क्षेत्र नम्बर २ का सचीव एंव युवा संघका पर्सा जिल्ला ईन्चार्ज अमित यादव, शिक्षक नेता भरत गिरी, वीरगन्ज १७ का पुर्व वडा अध्यक्ष विरेन्द्र यादव,वडा नम्बर १९ का दिनेश साह कलवार, किसुन देव यादव लगायतकाे सहभागीता थियाे ।