कलैयाका मेयरले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाहीको चेतावनी

बारा २ असाेज । बाराकाे कलैया उपमहानगरपालिकाका मेयर विनाेद प्रसाद साहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

Advertisement

सरकारले ल्याएकाे शिक्षा विधेयक २०८० खारेजकाे माग गर्दै देशभरका सामुदायिक विद्यालय शिक्षकहरुले बुधबार असाेज ३ गतेदेखि विद्यालयमा पठापाठन बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने घाेषणा यसअघि नै गरिसकेका छन् ।

यसै सन्दर्भमा कलैया उपमहानगरपालिकाका मेयर साहले मंगलबार साँझ एक सूचना नै जारी गरेर विद्यालयकाे पठनपाठन नै ठप्प पारेर आन्दोलनमा जाने उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बालबालिकाहरुकने पढ्न पाउनुपर्ने नैसर्गिक अधिकारलाई बञ्चित पार्ने गरी आन्दोलनको नाममा विद्यालय बन्द गर्नु कानुन सम्मत नहुने भएकाले उपमहानगरमा रहेका माध्यमिक विद्यालयबाट बढीमा २ जना तथा आधारभूत विद्यालयकाट बढीमा १ जना मात्र शिक्षकलाई आन्दाेलनमा जान मेयर साहले अनुरोध गरेका छन् ।

अन्यथा विद्यालय नै बन्द गरी पठनपाठन सञ्चालन नगर्ने प्रधानाध्यापक र शिक्षकहरुलाई नियमानुसार कारबाही गरिने चेतावनी मेयर साहले उक्त सुचना मार्फत दिएका छन् ।

कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box