बिरगंज ३१ भाद्र । वडा प्रहरी कार्यालय श्रीपुरले पहिलोपटक थुनामा रहेका कैदीबन्दीहरूको ज्ञान बढाउने उदेश्यले पुस्तक वितरण गरिएको छ ।
हिरासतमा रहेका कैदी बन्दीहरुलाई धार्मिक पुस्तक देखि लिएर विभिन्न राइटरहरुले लेखिका ज्ञानगुनका किताबहरु उपलब्ध गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्म जङ थिङले जानकारी दिनुभएको छ।
कैदीबन्दीहरुलाई मानवीय सेवाको भावनात्मका उदेश्यले अहिले रामायण ,आदिकवि भानुभक्त ,तथा अन्य हिन्दुग्रन्थका पुस्तकहरु उपलब्ध गराएर उनीहरूको क्षमता विकास होस् भन्ने हाम्रो चाहना रहेकोले यो काममा वडा प्रहरी कार्यालय श्रीपुर लागि परेको सइ कार्कीको भनाइ रहेको छ। हामी चाहन्छौं प्रहरी पनि एउटा मानवीय ब्यवहार प्रति जिम्मेवार रहेको भान दिन खोजेकोले अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा पुस्तकहरु सजाएर राखिएको बताए ।
वडा प्रहरी कार्यालय श्रीपुरमा अहिले विभिन्न मुद्दाका कैदीबन्दीहरु सो वडामा प्रहरी कार्यालयमा आफ्नो जीवन कैद गरि बिताइरहेका छन् । थुनामा अहिले चोरीपैठारी ,झैझगडा ,तथा अन्य मुद्दाका कैदीबन्दीहरु रहेको सइ कार्कीले बताएका छन । प्रहरी पनि एउटा मानव प्रति जिम्मेवारी भएको भन्ने संदेश वडा प्रहरी कार्यालय श्रीपुर देखाउन खोजेको उनको भनाइ रहेको छ।
थुनुवामा बसेका कैदीबन्दीहरूले पनि ज्ञानमुलक किताबहरु पढ्ने गरेको खण्डमा उनीहरूको बौद्धिक विकास हुने र समाजमा विकृति कम गराउने लक्ष्यका साथ यो अभियान प्रहरीले लिएको हो । हामी प्रहरी भए पनि कैदी वा थुनुवालाई राम्रो ब्यवहार गछौ भन्ने हाम्रो उदेश्य भएकोले समाजमा यसको नकारात्मक सन्देश होइन राम्रो सन्देश दिन चाहेको कार्कीको भनाइ रहेको छ। दैनिक जस्तो चोरीपैठारी गर्ने चोरहरु रहने भएकोले यस्ता ज्ञानका पुस्तक अध्यापन गरेको खण्डमा घटना कम होस् भन्ने प्रहरीको ठम्याइ रहेको छ।