ग्लोबल टेलिभिजनका बारा, पर्सा, रौतहटका प्रमुख पत्रकार उमेश दुबेलाई मातृ शोक

वीरगंज । जन गुनासो डेलीका सञ्चालक तथा ग्लोबल टेलिभिजनका बारा, पर्सा, रौतहटका प्रमुख पत्रकार उमेश दुबेलाई मातृ शोक परेको छ ।

बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरिया निवासी उनकी ममतामयी आमा लक्ष्मी देवीको शुक्रवार राती निधन भएको हो । मधुमेह र मुटु रोगबाट ग्रसित आमा लक्ष्मी देवीको ६७ बर्षको उमेरमा काठमाडौंको शाहीद गङ्गालाल अस्पतालमा लामो समय देखि उपचार गराईरहेकोमा शुक्रवार राती करिब १० बजे निधन भएको हो ।

लक्ष्मी देवीको पार्थिव शरिर शुक्रवार राती नै निजी निवास गम्हरिया ल्याई शनिवार हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिने उनको पारिवारिक श्रोतले जनाएको छ ।

Facebook Comments Box

समन्धित समाचार