टाँट पल्टियो बेलायतको दोस्रो ठूलो सहर, जनताको के होला ?

काठमाण्डौ । बेलायतबाट एउटा ठूलो नराम्रो खबर बाहिर आएको छ। त्यहाँको दोस्रो ठूलो सहर बर्मिंघम सहर टाँट पल्टिएको खबर सार्वजनिक भएको हो।

Advertisement

बर्मिंघम सिटी काउन्सिल आफैँले सहर टाँट पल्टिएको घोषणा गरेको हो। काउन्सिलले एउटा सूचना जारी गर्दै नगरमा अत्यावश्यक सेवाबाहेकका सबै खर्चमा तत्कालै लागू हुने गरी रोक लगाइएको छ।

जुनमा बीबीसीको प्रतिवेदनमा यो बिल सेवाहरुमा हुने सम्पूर्ण वार्षिक खर्चबराबर रहेको र हरेक महिना १ करोड ४० लाख पाउन्डले बढ्दै गएको पनि उल्लेख गरेको थियो।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले बर्मिंघम सिटी टाँट पल्टिएको खबरमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यो अवस्थाका लागि श्रम प्रशासनलाई जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीका प्रवक्ता म्याक्स ब्लेनले बर्मिंघमका जनताका लागि यो निकै चिन्ताजनक अवस्था भएको बताएका छन् । सरकारले आफ्नो बजेटको करिब १० प्रतिशत काउन्सिलहरुका लागि थप रकम उपलब्ध गराउँदै आएको छ। तर, स्थानीय रुपमा निर्वाचित काउन्सिलहरुले आफ्नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ।(साभारbizshala.com) –एजेन्सी

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box