सिडिओको गाड़ी समेत नियन्त्रणमा लियाे युवा संघ

वीरगन्जमा बिदाको दिन अनुमति नलिई चली रहेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । शनिवार बिदाको दिन इजाजत नलिएर चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीसमेतको गाडीलाई राष्ट्रिय युवा संघ नेपालका नेतादकार्यकर्ताले नियन्त्रणमा लिएका हुन् ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा शनिवार बिदाको दिन चेकजाँचमा कडाइ गरी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको राष्ट्रिय युवा सं पर्साका अध्यक्ष मोहम्मद निजामले जानकारी दिए । उनकाअनुसार प्रमुख जिल्ला अधिकारीको गाडीसहित ३ वटा च पाङ्ग्रे गाडी र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरीको जिम्मा लगाइएको हाे।

वीरगन्जको घण्टाघरबाट नियन्त्रणमा लिइएका सवारी साधन बेलुका ५ बजेपछि मात्रै छोडिने युवा संघ वीरगन्ज महानगरका अध्यक्ष अमिर खानले बताए । प्रमुख जिल्ला अधिकारीको गाडी भने पास लिएर आउने सर्तमा फिर्ता पठाइएको उनले बताए।

बिदाको दिन पनि सरकारी सवारी साधन दुरुपयोग हुने गरेको पाइएपछि युवाहरूले खबरदारी स्वरूप सवारी साधन नियन्त्रणमा लिने अभियानको थालनी गरिएको राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष निजामले बताए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box