Post Views: 634
बिरगंज १५ भाद्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।
खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।
नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो ।
वृद्धि भएको मूल्य आज देखि लागू हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0