बिरगंज १० भाद्र : वीरगन्जमा आइतबार नेपाल सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध हिन्दु संगठनका युवाहरुले बिरोध प्रदर्शन गरेको छ ।
धरानमा गौ हत्या गर्नेलाई कारबाही गर्न ढिलाइ गरेको भन्दै बिरगंजका हिन्दु संगठनका युवाहरुले सरकार र गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।
बिरगंजमा जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार बिहान गृहमन्त्री श्रेष्ठ कार्यक्रम स्थल पुगेकै बेला हिन्दु युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी हिन्दु युवाहरुले गौ हत्या गर्नेहरुलाई फाँसी दे , गृहमन्त्री मुर्दावाद , गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए।
त्यस क्रममा प्रदर्शनमा सहभागी पाँच जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। पक्राउ पर्नेहरुमा वीरगन्ज १० का मुन्नाकुमार साह, वीरगन्ज १ का विशाल कुमार , वीरगन्ज ८ का राज गुप्ता र वीरगन्ज ५ का प्रज्वल डंगोल रहेका छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।