महाअभियान द्वारा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाण्डौ समतामूलक समाज निर्माण महाअभियानले शनिवार भक्तपुरस्थित एक रिसार्टमा समतामूलक समाज निर्माण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

प्रशिक्षण कार्यक्रममा समतामूलक समाज निर्माणका लागि आवश्यक पर्ने सर्त तथा सकृयताका विषयमा चर्चा भएको थियो। यसैगरी, नेपालले संवैधानिक रुपमा गुमाएको अन्तर्राष्ट्रिय पहिचान पुर्नस्थापनाका लागि तथा वर्गिय झगडालाई निर्मुल पार्नाका निम्ती योजनावद्ध रुपमा काम गर्नु पर्ने जनाईएको छ।

देशको विकासका लागि हिमाल, पहाड र तराईलाई एक सुत्रमा बाध्नुको विकल्प नभएको भन्दै महाअभियानका महासचिव अभिषेक तिवारीले त्यसका लागि राज्यले नै अग्रसरता देखाउनु पर्ने आवश्यक्ता औंल्याए। संस्कृतीविद् पं. श्रीनन्दन भारद्वाजले अहिले वैज्ञानिकहरुले पनि सत्य सनातन धर्ममा नै रहेर नयाँ–नयाँ खोजहरु गरिरहेको वताए साथै चिकित्सा क्षेत्रमा अपनाइएको विभिन्न उपचार पद्धतीहरु पनि वेद, उपनिसद र सनातन धर्ममा आधारित रहेको उनको भनाई थियो।

महाअभियानकका राष्ट्रिय संयोजक विजय प्रकाश निषादको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा वरिष्ठ उपाध्यक्ष विशाल झा, केन्द्रीय उपाध्यक्ष सुनिता साह, महासचिव अभिषेक तिवारी, कोषाध्यक्ष निलम महतो, संस्कृतीविद पं. श्रीनन्दन भारद्वाज, योगी नरहरिनाथ टष्टका अध्यक्ष शंकर पौडेल, नेपाल क्यान्सर सोसाइटीका अध्यक्ष रामनाथ मैनाली लगायत विभिन्न जिल्ला बाट प्रबुद्ध व्यक्तित्वहरुको बृहत सहभागिता थियो भने कार्यक्रम संचालन महाअभियानका सचिव डा. ऋषि साहले गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box