महानगरको सामाजिक विकास समितिको संयोजकमा कन्हैया ठाकुर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सामाजिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य कन्हैया ठाकुर मनोनीत भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले कन्हैया ठाकुरलाई सामाजिक विकास समितिको संयोजकमा मनोनीत गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ अनुसार नगर प्रमुख सिंहले ठाकुरलाई संयोजकमा मनोनीत गरेका छन् । संयोजकमा मनोनयन गरिएको पत्र आइतबार मेयर सिंहले ठाकुरलाई प्रदानसमेत गरेका छन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट महानगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत ठाकुर काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

समितिको संयोजकमा मनोनीत भएपछि प्रतिक्रिया दिँदै ठाकुरले महानगरपालिकाले आफूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए ।

Facebook Comments Box

समन्धित समाचार