Post Views: 438
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको योजना तथा पूर्वाधार विकास समितिको संयोजकमा वडा नम्बर ३०का अध्यक्ष मनोज यादव मनोनीत भएका छन् ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले यादवलाई समितिको संयोजकको जिम्मेवारी दिँदै सोमबार मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष यादवलाई सरकार सञ्चालन ऐन २०७४ को दफा १४ अनुसार मेयर सिंहले पूर्वाधार विकास समितिको संयोजकमा मनोनीत गरिएको महानगरले जनाएको छ।
यादव स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विजयी भएका थिए ।
समितिको संयोजकमा मनोनीत भएपछि प्रतिक्रिया दिँदै यादवले प्राप्त जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै महानगरको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0