पर्सा सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको हृदयाघातबाट निधन

बिरगंज २ भादो । पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।

सशस्त्र एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो ।

वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार अनुसार शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि मेडीसिटी वयोधा अस्पतालमा लगिएको थियो ।

नुवाकोटका स्थानीयवासी रहेका थपलियाको शव अहिले पनि वयोधा अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.