सुन प्रकरण फासफुस पार्न एमालेले सदन अवरुद्ध पार्‍यो : पोखरेल

महोत्तरी : माओवादी केन्द्रका मधेस प्रदेशका इन्चार्ज लिलामणि पोखरेलले एमालेले सुन प्रकरण फासफुस पार्न सदन अवरुद्ध पारेको बताएका छन्।

Advertisement

शनिबार प्रेस सेन्टरले जनकपुरमा आयोजना गरेको १९औं सधारणसभालाई उद्घाटन गर्दै ईन्चार्ज पोखरेलले यस्तो बताएका छन्। उनले भने, ‘सिआईबीले पक्राउ गरेको १ सय किलो सुन प्रकरणको सम्बन्धमा अनुसन्धान गर्दा एमाले नेता फस्न सक्छ। आफ्ना कार्यकर्तालाई बचाउन एमालेले निरन्तररूपमा सदन अवरुद्ध गर्दैछ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल  नेतृत्वको सरकारले शुरु गरेको अनुसन्धान प्रक्रियामा नेकपा माओवादी सहयोग गर्ने उनको भनाइ रहेको छ । आफ्ना कार्यकर्ता फसेपनि आफ्ना पार्टीले अनुसन्धान प्रक्रियावाट पछाडि नहटने नेता पोखरेलले धारणा राखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box