नारायणी अस्पतालको प्रसुतिगृह असुक्षित बन्दै , हाम्रो सुरक्षा कसले गर्ने ? इन्चार्ज थापा

दिपक चौरसिया
बिरगंज २१ श्रावण । नारायणी अस्पतालका प्रसुतिगृह असुक्षित बन्दै गइरहेको छ । प्रसुतिगृह वाडकी इन्चार्ज हेमा थापाले अस्पतालकै कर्मचारीहरुको एक हुल मध्य रातमा मादक पदार्थ सेवन गरि खैलाबैला मचायएको खबरले अस्पताल नै तरङित हुने गरेको छ ।

Advertisement

वर्ड इन्चार्ज थापाले भने हाम्रो सुरक्षा कसले गर्ने ? भनेर आफ्नो गुनासो पोखेका थिइन् अस्पताल परिषद् भित्र हुलका हुल प्रवेश गर्ने गरेकोले प्रुसुति वर्ड असुरक्षित हुदै गइरहेको समेत बताइन् ।

मध्ये तराई जिल्लाकै रुपमा रहेको अर्थात मधेस प्रदेशको सबैभन्दा पुरानो र ठुलो सरकारी अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा बारा,पर्सा ,रौतहट र छिमेकी देश भारत लगायत जिल्लाहरुबाट उपचार गर्न हजारौंको संख्यामा विमारीहरु आउने गरेका छन् । महिलाहरुलाई सुत्केरी वा गर्भवती भएको बेला धेरै जना महिलाहरु वा पुरुषहरु सो सुत्केरी वर्डमा प्रवेश गर्ने गरेकोले काम गर्न धेरै असजिलो भइरहेको वर्ड इन्चार्ज थापाले भनाइ रहेको छ।

उक्त वर्डमा आवश्यक ब्यक्ति मात्र आउन आग्रह गर्दा उल्टै हामीहरु माथि आइ लाग्ने गरेकोले हामी असुरक्षित छौं यस्तो अवस्था कसरी सुत्केरी गराउने भनेर बताएकी छिन। हामीले सुत्केरी वर्डमा प्रवेश कार्ड समेत दिएका छौं तर त्यो कार्डको कुनै अर्थ छैन भनेर गुनासो पोखेका हुन। दैनिक कामकाज प्रभाव परेकोले खसगरी गर्भवती महिलाहरुको प्रसुति गृह दैनिक जसो असुरक्षित बच्चा हराउने जस्ता प्रविति समेत हुन सक्ने भएकोले यसमा कसले ध्यान दिने हामीले प्रशासनलाई पटकपटक भन्दा पनि हाम्रो कुरा सुन्दैन यहाँ एक जना गार्ड हुन्छ उसलाई कसैले टेरपुछन गदैन इन्चार्ज थापाको आफ्नो गुनासो रहेको छ।

यहाँ अस्पतालमा आउने हुलका हुल महिलाहरु भित्र प्रवेश गर्छन् हामी धेरै असुरक्षित छौं केही महिना पहिला पनि यस्तै धेरै महिलाहरु प्रवेश गर्दा एउटा बच्चा चोरी भएको थियो हामी कोहीलाई चिन्दैनौ उनीहरूले हाम्रो मान्छे भनेर बताउने गछन त्यस्तो बेला कसरी रोक्ने केही दिन अगाडि यहाँ मोबाइल समेत एक महिलाको चोरी भयो भनेर बताइन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box