संसद् अवरोध हटाउने विषयमा सहमति जुटाउन शीर्ष नेताहरुबीच बैठक सुरु

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण करिब दुई सातादेखि ठप्प रहेको प्रतिनिधिसभा खुलाउने विषयमा सहमति जुटाउन शीर्ष नेताहरुबीच बैठक सुरु भएको हो । बैठक केहीबेर अगाडि सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सुरु भएको छ ।

Advertisement

सभामुख देवराज घिमिरेको पलहमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरु सहभागी छन् ।

 


 

आजको बैठकमा सदन अवरोध हटाउने र संसदीय समितिको सभापतिको निर्वाचनबारे छलफल हुने बताइएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुले संसदीय समितिको भागबण्डा यसअघि नै टुंगो लगाइसकेका छन् ।

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध पार्दै आइरहेको छ । यसअघि दुई पटक स‌ंसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएकाे थियाे ।

प्रतिनिधिसभा सोमबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box