अनिल ओझा
बिरगंज १४ सावन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ३० बर्षिय जया कुशवाहाको हत्या भएको उनका आफन्तजनले आरोप लगाएका छन ।
मुर्ली निवासी कुशवाहा दुई दिन पहिले आफनो ससुराली घर बाराको बिश्रामपुर गाउँपालिका–१ मा मृत अवस्थामा आफनै घरमा भेटिएकी थिईन ।आफनाी बहिनीको शब आफनै घरको बिछयौनामा भेटिएको तथा उनको हत्या गरिएको कुशवाहाका भाई दीपेन्द्र कुशवाहाको आरोप छ ।
उनले आफनी बहिनीसित भेटन जादा राम्रोसित कुराकानी हालखबर समेत ससुरा पक्षले सोध्न नदिने गरेकाले आफना ज्वाई तथा परिवारले मिलेर हत्या गरेको हुनसक्ने बताए ।डेढ बर्षअघि बिश्रामपुर गाउँपालिका–१ निवासी बोर्डिङ स्कुलमा शिक्षकको काम गर्दै आएका दीपेन्द्र कुशवाहासित आफनो बहिनीको बिहे हुदा बिहेमा २९ लाख रुपैया खर्च भएको दीपेन्द्र को भनाई छ ।
उनले ससुरा पक्षले थप दाईजो समेत माग्ने गरेको जानकारी दिए ।बहिनीको शबलाई पोष्टमार्टमको लागि लगिएको तथा घटनालाई आत्म हत्या देखाउन खोजिएकोले उचित छानबिन गर्नुपर्ने दीपेन्द्रको माँग छ ।