छपकैयाकाे विद्यालयमा १९३ जना विद्यार्थीलाई छात्रवृत्ति

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको ताराचन्द किसनलाल आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

Advertisement

आइतबार विद्यालयमा आयाेजित कार्यक्रममा छात्र तथा दलित छात्राहरु गरि १९३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हाे ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विद्यार्थीलाई छात्रवृत्ति बापतकाे रकम प्रदान गरे ।कार्यक्रममा बाेल्दै उपमेयर आलमले छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई साथर्कताका साथ अध्ययनमा जोड दिदै आफ्नो जिवनको लक्ष्य हासिल गर्नतर्फ उन्मुख हुनु पर्ने बताए ।

विद्यालय छात्रवृत्ति पारदर्शी रुपमा वितरण गरेकाले खुशी लागेको भन्दै उनले आगामी दिनमा विद्यालयलाई वीरगन्ज महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक लालबाबु चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडाध्यक्ष रेयाज मियाँ ,वडा सदस्य बसिर मियाँ हजाम , संगिता थापा भुजेल,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव ,उपमेयरका स्वकीय सचिव शेष कुमार हजरा,पत्रकार राहुल गुप्ता लगायतको उपस्तिथि रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box