भारतीय महावाणिज्यदूत र भारतीय मजदुरहरुबीच बृहत छलफल

वीरगंज । वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास वीरगंजले भारतीय मजदुरहरुसँग छलफल गरेको छ । नेपालको वीरगंज औद्योगिक कोरिडोर क्षेत्रमा रहेको उद्योगहरुमा कार्यरत भारतीय मजदुरहरुसँग महावाणिज्यदूत नितेश कुमारले विशेष छलफल गरेका हुन् । छलफलको क्रममा भारतीय मजदुरहरुले काम गर्दा खेप्नुपरेको समस्याको बारेमा विस्तृत जानकारी गराएका थिए ।

Advertisement

करिब ४० जना भारतीय मजदुरहरुको उपस्थितिमा महावाणिज्य दूतावासमा आयोजित छलफलमा महावाणिज्यदूत नितेश कुमारले मजदुरी गर्ने क्रममा कुनैपनि समस्या आएर खुलेर भारतीय महावाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरे । उनले मजदुरीको क्रममा विभिन्न समस्या परे अनावश्यक भौतारिनुभन्दा पनि दूतावासमा आएर सम्पर्क गरे समस्या समाधानको लागि दूतावासले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोही क्रममा सहभागी मजदुरहरुलाई भारतीय महावाणिज्य दूतावासबाट कार्ड वितरण गरिएको थियो । छलफलमा नारायणी इस्पात प्रा.लि., सुप्रिम रबर उद्योग, जय माँ दुर्गा ट्रेडर्स वीरगंज, त्रिवेणी गु्रप प्रा.लि., त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि., नेशनल मेडिकल कलेज वीरगंज, जगदम्बा स्टिल, जगदम्बा इन्टरप्राइजेज प्रा.लि., निशान्त क्लियरिङ्ग हाउस, सेन्जेवियर्स स्कुल लगायतको स्थानमा मजदुरी गर्दै आएका भारतीय मजदुरहरुले भोग्नुपरेको समस्याबारे भारतीय महावाणिज्यदूतलाई जानकारी गराएका थिए ।

छलफलमा महावाणिज्यदूत नितेश कुमार, काउन्सलर शैलेन्द्र कुमार सहित भारतीय महावाणिज्य दूतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस्तो गुनासो सुन्ने कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबारको दिन दुतावास कार्यालय हाताभित्र आयोजना गरिने महावाणिज्य दुतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box