खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित, वडा कार्यालय द्वारा पानी वितरण

बिरगंज ११ असार । खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित बनेका छन। मानव जीवनमा सबै भन्दा महत्त्वपूर्ण पानी हुन्छ, जस्को सहारा विना जीवनको कल्पना गर्न सकिदैन सोही आवस्यकता लाई मध्य नजर गरी वडा कार्यालय द्वारा पानी वितरण सुरु गरिएको हो। हुनत पानी वितरण स्थायी र दिगो योजना नभए पनि तत्कालका लागि जीवन बचाउने उद्देश्यले पानी वितरण गरिएको वडा अध्यक्ष सुरेश प्रशाद गुप्ताले बताए।

Advertisement

यस वर्ष वर्षा नभएको र खडेरी परेको हुनाले हरेक प्राणी लाई पानीका लागि निकै नै सास्ती खेप्नु परेको छ। पानीको आपूर्ति सम्बन्धमा दिगो विकल्पका लागि चापाकलको पनि विस्तारै व्यवस्थापन भैईरहेको गुप्ताले बताए। बीगंजमा पानी टैंकी रहे पनि दुई समय अर्थात विहान र वेलुका मात्र पानीको सप्लाई हुने गरेको र त्यस बाट आपूर्ति हुन नसकेका कारण घरघरमा खानेपानी पुर्‍याउन बाध्यात्मक अवस्था रहेको वडा अध्यक्ष गुप्ताले बताए।

गुप्ताका अनुसार मानव जीवनमा पानी अतिआवस्यक रहेकोले अरुकुरा होस अथ्वा नहोस् तर पिउनका लागि पानीको व्यवस्थापन गर्न नसके मैले जनता पाएका जिम्मेवारी बाट मात्र पछि ह्टेको हैन बरु असक्षम वडा अध्यक्ष हुने भएकोले मेरो पहिलो उत्तरदायित्व र जिम्मेवार पुर्ण कर्तव्य रहेको बताए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box