वडाध्यक्ष कुर्मीले गरे पत्रकारको क्यामेरा खोसेर दुर्व्यवहार

 

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज राउत कुर्मीले पत्रकारसँग दुर्व्यवहार गरेका छन् ।

वडाको गतिविधि र त्यहाँबाट सञ्चालित अन्य विकास निर्माणको विषयमा बुझ्न वडा कार्यालय पुगेको पत्रकारहरूको टोलीसँग जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित वडाध्यक्ष कुर्मीले हातपातको प्रयास गर्दै दुर्व्यवहार गरेका हुन् ।

वडाध्यक्ष कुर्मीले युथ्स अफ वीरगञ्ज अनलाइन पोर्टलका प्रतिनिधि सौरभ साहको क्यामेरा खोसेर हातपात गर्ने प्रयास गर्दै दुर्व्यवहार गर्न खोजेको उनिसँगै पुगेका अर्का पत्रकार श्याम सर्राफले बताए । ‘हामी वडा कार्यालय पुग्दा वडाध्यक्षज्यू आफ्नो कार्यकक्षलाई भित्रबाट बन्द गरेर बसिरहेका थिए । किन बन्द गरिएको भनेर प्रश्न गर्दा कर्मचारीहरूले गोप्य बैठक चलिरहेको बताए,’ सर्राफले भने ।
त्यसपछि वडाध्यक्ष कुर्मी र अन्य वडा सदस्यहरूले बैठक सकेपछि पत्रकारहरूसँग कुराकानी गर्ने भन्दै उनीहरूलाई कुराए । यद्यपि पत्रकारहरूलाई एक घण्टासम्म कुराए वडाध्यक्ष कुर्मी वडा कार्यालयबाट सुट्टकै भाग्न खोजेपछि उनलाई पत्रकारले घेरेर प्रश्न गर्न खोजेका थिए ।

सोही क्रममा कुर्मीले आफूसँग अन्तर्वार्ता दिने समय नभएको बताउँदै पत्रकारहरूलाई विभिन्न अपशब्द बोल्दै गाली गलौचसमेत गरेका थिए । प्रश्नबाट भाग्न नमिल्ने भन्दै पत्रकारहरूको टोलीले उनलाई वडा कार्यालयको तलसम्म पछ्याएको थियो । सोही क्रममा वडाध्यक्ष कुर्मी युथ्स अफ वीरगञ्जका सौरभ साहको क्यामेरा खोसेर हातपातको प्रयास गर्दै दुर्व्यवहार गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.