महानगरले युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाइ पाँच लाख आर्थिक सहयोग 

बिरगंज ५ असार । युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरण पोषणका निमित्त वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

सोका निमित्त आज सर्राफकी छोरी श्रेयालाई जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

महानगरका मेयर सिंहको कार्यकक्षमा बोलाएर श्रेया र सर्राफकी श्रीमती पूजाकुमार साहलाई चेक हस्तान्तरण गरिएको थियो ।

चेक हस्तान्तरण गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले आगामी दिनमा पनि स्वर्गीय पत्रकार सर्राफको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सर्राफ एक होनहार तथा इमानदार पत्रकार रहेको बताउँदै यादवले उनको विरासतलाई अन्य सञ्चारकर्मीहरूले निरन्तरता अगाडि बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै वीरगञ्जका मेयर सिंहले सर्राफको निधन पश्चात् उनको परिवार बिचल्लीमा पर्न नदिन आफूले हरेक सम्भव प्रयास जारी राखेको बताए । सोही प्रयास स्वरूप आज पाँच लाख रुपैयाँ उपलब्ध गराइएको र आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने उनले पनि प्रतिबद्धता व्यक्त गरे ।

पत्रकार सर्राफको गत वर्ष मङ्सिर १५ गते हृदयाघातका कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.