पर्सा फुटबल रेफ्री संघ अध्यक्षमा अर्जुन गुप्ता

 

Advertisement

वीरगंज। वीरगंज अर्जुन गुप्ताको अध्यक्षतामा आठ सदस्यीय पर्सा जिल्ला फुटबल रेफ्री संघकाे गठन भएको छ ।

वीरगन्जमा शनिबार सम्पन्न रेफ्री संघकाे प्रथम अधिवेशनले गुप्ताकाे अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे हाे ।

संघको उपाध्यक्षमा मंदिप चौरसिया, काजी चौधरी र देवराज चौधरी चयन भएका छन् भने सचिवमा राजकिशोर ओझैया, कोषाध्यक्षमा प्रविण उपाध्याय तथा सदस्यहरुमा प्रदिप उरावँ र महिन्द्र प्रसाद रहेका छन् ।

पर्सा जिल्ला फूटबल संघका अध्यक्ष अनिल कुमार कलवारको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संघका मधेस प्रदेश महासचिव दिपक साह, जिल्ला फूटबल संघ तथा प्रदेश सदस्य राजेश पटेल, सरोज यादव लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box