बारा २२ असार । बारामा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएको छ ।
बाराको प्रसौनी गाउँपालिका-२ दुधौरा पुल स्थितमा कलैया बाट वीरगञ्ज तर्फ आउदै गरेको ना.७ ख ६४३४ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको ना २४ प ३४५ न.नम्बर को मोटरसाइकल लाई ठक्कर दिँदा मोटर साइकल चालक जिल्ला बारा करेयामाई गा.पा .१ सहजौली बस्ने अंदाजी बर्ष ३० को फिरोज हवारीको शरीर को विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोही मोटर साइकल पछाडि सवार बारा प्रसौनी गा.पा.१ प्रसौनी बस्ने अंदाजी बर्ष २३ को महम्मद बाबुजान आलम को अवस्था सामान्य रहेको छ।प्रहरीका अनुसार घटना लगतै उपचार को लागी दुवै जनालाई एल एस् न्युरो अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय का प्र.स.नि. सुनिल साह ले बताउनु भयो।
टिपर र टिपर चालक बारा जितपुरसिमरा उप माहानगरपालिका १६ बस्ने अंन्दाजी वर्ष ५२ को ज्ञान बहादुर तामाग र मोटर साइकल ईलाका प्रहरी कार्यालय प्रसौनी बारा को नियन्त्रणमा राखिएको छ।