हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

 

वीरगञ्ज । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथमा आज बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडास्थित अविरल वर्षाका कारण आज बिहान पौने ८ बजेको समयमा पहिरो जाँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार ललितपुरको भट्टेडाँडा नजिकै प्रहरी चौकीको दक्षिणतर्फ गएको पहिरो मकवानपुरको सिमाना नजिकै पर्दछ । पहिरोका कारण हेटौंडाबाट काठमाडौंतर्फ र काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सवारीसाधनलाई लामबद्ध गरी राखिएको छ ।

आज बिहानैदेखि पानी परिरहेकोले मौसम सुधार नआएसम्म पहिरो पन्छाउन कठिनाई हुने भन्दै प्रहरीले मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुबैतर्फको यातायात संचालनमा ल्याउने प्रहरीको भनाइ छ ।

मकवानपुर प्रहरीका अनुसार हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी हुँदै फाखेल, सिस्नेरी सडकखण्डमा भने हाल सवारीसाधन सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.