पुर्व मन्त्री फरमुल्लाह मंसुरलाई फुलको गुच्छा तथा खादा ओढाई उपमेयर आलम द्वारा स्वागत

Advertisement

वीरगंज ।बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फरमुल्लाह मंसुरलाई फुलको गुच्छा तथा खादा ओढाई स्वागत गर्नु भयो।

पुर्व मन्त्री फरमुल्लाह मंसुर ले बाराको जीतपुर सिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका (वृद्धा आश्रम) को बारेमा विशेष कुराकानी गर्नु को साथै वृद्धि आश्रम लाई प्रभावकारी बनाउने र योगदान को बारेमा उप प्रमुख आलम संग आग्रह गर्नु भएको थियो।

सञ्जीवनी वाटिका(वृद्धा आश्रम) जीतपुरका अध्यक्ष समेत रहनु भएका पूर्व मन्त्री फरमुल्लाह मन्सुरले भने करिब एक करोड रुपियाँको लागतमा निर्माण गरिएको वृद्धा आश्रम भवन सवा ८ कठ्ठा जग्गामा रहेको छ । एक सय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता रहेता पनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना रहेको छ भनु भयो। बिरगंज महानगर पालिकाका उप प्रमुख ले भने म संग हुने सहयोग आश्रम को लागि गर्ने छु आउने दिनहरु मा आश्रम को लागि आवश्यक पर्ने समाग्री उपलब्ध गराउने प्रतिबधाता दिनु भयो।

त्यसै गरि भेटघाटको क्रममा नेपाली कांग्रेसका नेता कालू सिंह,कोपिला चौरसिया,धर्मराज यादव,प्रिति सिंह, लगायतका हरुको उपस्थित रहेको थियो। बिरगंज महानगर पालिकाका उप को प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box