चिल्डेन पार्कको अतिक्रमित संरचना हटाउन पुनः सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माईराम पोखरी (चिल्डे«न पार्क) को पश्चिमतर्फ अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ ।
बिहीबारबाट महानगरले अतिक्रमण गरिएका संरचना डोजर लगाएर हटाउन थालेको हो । यस अघि महानगर पूर्वतर्फको अतिक्रमित संरचना हटाएको थियो ।
गएको फागुन १६ गतेबाट अतिक्रमण हटाउन थालेको महानगरले अतिक्रमित संरचना हटाउन विभिन्न समयमा डोजर चलाउँदै आएको छ ।
अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन स्थानीयले पटक पटक समय मागे पनि मागेको समयमा संरचना नहटाएपछि बिहीबारबाट पुनः डोजर लगाएर हटाउन लागिएको हो ।
बिहीबार ३ वटा संरचना डोजर लगाएर हटाइएको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजकसमेत रहनुभएका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप कुमार चौरसियाले बताउनुभयो ।
महानगरले अतिक्रमण हटाउन नापजाँच गरेर चिह्न लगाइसकेको छ ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले महानगरका ३२ वटै वडामा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउनुका साथै सार्वजनिक ऐलानी जग्गा खोजी गर्ने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.