दिपक चौरसिया वीरगंज ७ असार ।
पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष र भ्रष्टाचार गर्नमा माहिर मानिएका प्रमुख प्रशासकीय अधिकृतले कमिशन बिना कुनै पनि काम नगर्ने गरेको जनाईएको छ ।
पकाहाँ मैनपुरमा असारे विकासको रकम सकाउने उदेश्यले कमिशन आउने सामग्री धमाधम खरिद गरी बजेट सकाईरहेको समाचार प्राप्त भएको छ । गाउँपालिकाको वडा नं. १ धोरे स्थित श्री ने.रा.माध्यमिक विद्यालयको लागि बाबुलाल मेहताले २४ वटा पंखा सहयोग गरेका थिए, तर पालिका अध्यक्ष सुरेश मेहता र प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले कमिशनकै लागि पुनः सोही स्कूलमा २८ वटा पंखा खरिद गरी दिएका छन् ।
जुन स्कूलमा पंखाको आवश्यक्ता नै छैन्, त्याहाँ कमिशनकै लागि पंखा किनेर दिए पछि सो स्कूलका शिक्षक एवं स्थानियहरुले बिरोध जनाएका छन् । पंखा एउटा उदाहरण मात्र हो कमिशनकै लागि यस्ता थुप्रै सामग्रीहरु खरिद भईरहेको स्थानिय रामविश्वास साहले भने । साहका अनुसार पालिकाका कतिपय स्कूलहरुमा शौचालयको सरसफाई समेत हुन सकेको छैन, करारका शिक्षकहरुको तलब दिन नसकेको अवस्थामा अध्यक्ष र अधिकृतले एनी हाउ पैसा कमाउको अभियानमा लागेर कमिशनमुखी भएको आरोप समेत लगाए ।
सो विषयमा पालिका अध्यक्ष मेहता संग सम्पर्क गर्दा पंखा खरिद गर्ने विषयमा आफुलाई जानकारी नै नदिई प्रशासकीय अधिकृत कुशवाहा र योजना शाखाले आफै पंखा खरिद गरेर विद्यालयलाई दिएको भनि गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।
अध्यक्ष मेहता र अधिकृत कुशवाहाले विकास निर्माणको कार्यमा ३० प्रतिशत र सामाजिक विकासको कार्यमा ४० प्रतिशत कमिशन अनिवार्य गरेको एक जना एनजियोका अध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । केही वर्ष पहिला पर्सा जिल्लाको बिन्दवासिनी गाउंपालिकामा कार्यरत्त रहदां भ्रष्टाचारी अधिकृत कुशवाहाले भ्रष्टाचार गरी त्यहांका जनप्रतिनिधिहरुलाई पाखा लगाउदै बाजी मारेका थिए ।
भ्रष्टाचारको कारण बिन्दवासिनीका जनप्रतिनिधिहरुले अधिकृत कुशवाहालाई धपाए पछि विभिन्न पालिकाहरु घुम्दै हाल आएर उनले पर्साको पकहाँ मैनपुर गाउंपालिकामा प्रमुख प्रशासकिय अधिकृत भई रजाई गर्न सफल हुदै गएका छन् । त्यसैगरी पालिकाले चापाकल खरिद, ग्यास सिलेन्डर खरिद लगायतमा अध्यक्ष, कार्यकारी अधिकृत र लेखा अधिकृत मिली करिब ३० प्रतिशत कमिशनमा खरिद गरेको एक वडाध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा यस अनलाईनलाई बताए ।
त्यसैगरी पालिका अध्यक्ष मेहताले धोरेमा लाग्ने मेला र कुस्तिको लागि पालिकाबाट ५ लाखको बजेट निकासा गरी करिब एक लाख रुपैया मात्र मेला समितिलाई दिई बाकी पैसा आपसी सहमति गरी स्वाहा गरेपछि पनि स्थानियहरुले अध्यक्ष मेहताको खुलेरै बिरोध जनाएका थिए ।
पालिका अध्यक्ष मेहताले एक वर्षको अवधिमा जनतालाई अनुभुति हुने किसिमको कुनै काम नगरेको स्थानीयहरूले गुनासो गरेका छने ।
२०७९ साल वैशाख ३० मा स्थानीय तहको चुनावका क्रममा मेहताले विकास निर्माण तथा मतदाताको सेवाका नाममा अनेक नारा र प्रतिबद्धता प्रचारमा ल्याए पनि यो एक वर्षको दिनमा खासै केही पनि गर्न नसकेको देखिएको छ ।