सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्दै विश्वसम्पदामा सूचीकृत गर्न माग

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै उनले बारामा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरेका हुन् ।

एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्त्विक महत्त्वको सम्पदा फेलापरेका भन्दै  उनले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन् ।

विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्ने क्रममा विभिन्न स्थानहरूमा श्रीकृष्णको मन्दिर,स्वामी नारायणको मन्दिर, एक हजार वर्षभन्दा पुराना पुरातात्त्विक सम्पदाहरू फेला परिराखेको छ ।

तसर्थ, म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र विश्वसम्पदा सूचीमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु,’ बैठकमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.