गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

वीरगन्जमा मंगलबार पहिलाेपटक गहवामाई रथ यात्रा निकालिएकाे छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्ष पूरा भएकाे उत्सवमा मंगलबार पहिलाेपटक गहवामाई रथ यात्रा निकालिएको हाे ।

मंगलबार बिहान ७.३० बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भएकाे रथयात्रा नगरपरिक्रमा गरि बिहान ११ बजे पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएकाे हाे ।रथयात्रामा हिन्दु भक्तजन र दर्शनार्थीहरुकाे जनसागर नै  उर्लिएकाे थियाे।

मन्दिर परिसरबाट सुरु भएकाे रथयात्रा माइस्थान चाेक, घणटघर , रेल्वे राेड हुँदै  छपकैया पुगेर रथयात्रा त्यहाँबाट , श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ , आदर्शनगर चाेक, महावीरस्थान , माईस्थान चाेक हुँदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएकाे हाे ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएकाे थियाे भने हजाराैं भक्तजनहरु जयमाता दी लेखिएकाे भगवा झण्डासिहत सहभागी भएका थिए ।

रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघसंस्थाले नगरका ठाउँ ठाँउमा चिसाे पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए।

मंगलबार नै साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनपनि आयाेजना गिरने गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले बताए ।

बुधबार बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।

अध्यक्ष पाेखरेलका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब २० लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरुले रथ निर्माण गरेका हुन् ।

Facebook Comments Box

समन्धित समाचार