वीरगञ्ज बनाउने अभियानमा युवाहरुको सक्रिय सहभागिताको खाँचो छ : महानगरप्रमुख सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज बनाउने अभियानमा युवाहरुको सक्रिय सहभागिताको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल युवा उद्यमी मंचको तेस्रो साधारण सभा उदघाटन गर्दै उहाँले आफ्नो ठाउँ बनाउन युवाहरु नै अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।
‘मेरो उर्जाको स्रोत नै युवाहरु हुनुहुन्छ, वीरगञ्ज बनाउने अभियानमा युवाको सक्रिय सहभागिताको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘तर युवा उद्यमी मित्रहरुमा सक्रियताको केही कमी भएको हो कि भन्ने महशुस गरेको छु, सक्रिए भएर लाग्न यहीँबाट आह्वान गर्दछु ।’
नवप्रवर्तन तथा नयाँ उद्यमका लागि युवाहरुले अघि सारेको योजना कार्यान्वयन गर्न महानगर काँधमा काँध मिलाएर हिँड्न तयार रहेको बताउनुभयो ।
‘कुन उद्योग गर्दा वीरगञ्जलाई फाइदा हुन्छ, यहाँका युवाहरुले अवसर पाउँछन्, त्यस्ता योजनामा महानगर सँधै युवाहरुलार्य सहयोग गर्न तयार छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध कुमार गुप्ता, उद्योगी अशोक वैद्य, गणेश लाठ, अनुप अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box