पत्रकार दिपक चौरसिया माथि आक्रमण गर्नेलाई यथाशिघ्र कारवाही गरिने ः प्रमुख अतिथी श्रेष्ठ

वीरगंज, १३ जेष्ठ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक होटल कन्ट्री ईन वीरगंजमा शनिवार सम्पन्न भएको छ । संगठनको केन्द्रिय सचिवालयको निर्णय अनुसार सो बैठक सम्पन्न भएको हो ।

केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यता र सचिवालय सदस्य एवं मधेश प्रदेश इन्चार्ज सुबाश साह, केन्द्रिय सदस्य एवं मधेश प्रदेश सह–ईन्चार्ज राघव साह र केन्द्रिय सदस्य रेविन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न सो बैठकमा कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु अजय चौरसिया, आशमहमद मियाँ, दिपक चौरसिया, दिपेन्द्र गिरी, राकेश जैसवाल, अनुप यादव, श्रीराम रौनियार, श्याम सर्राफ, रंजित चौरसिया, जय यादव, रामेश्वर चौरसिया लगायतकाले निर्वतमान अध्यक्ष मनोज पटेल संगठन र सदस्यहरुको नाममा लाखौं लाख रकम अनियमित्ता गरेको कारण मिति २०७९ माघ ८ गतेका दिन पर्सा कार्यसमितीको बसेको बैठकले विधान अनुसार पदमुक्त गर्दा पनि पटेलले अझै पनि आफुलाई अध्यक्ष भन्दै हिडिरहेकोमा आक्रोश पोखेका थिए ।

सहभागीहरुले पटेलको बारेमा स–विस्तार चर्चा गर्दै माघ ८ गतेको निर्णय र संगठनका सदस्य दिपक चौरसिया माथि सांघातिक आक्रमण भएको सन्दर्भमा केन्द्रिय सचिवालयमा प्रमाण सहित उजुरी पर्दा पनि हाल सम्म ठोस निर्णय हुन नसकेकोमा दुःखेसो पोखेका थिए । सो बैठकमा निर्वतमान अध्यक्ष पटेलले सहभागीहरुको जवाफ दिन टाउको तल गिराउनु पर्ने अवस्था रहेकोेले उनी बैठकमा सहभागी भएका थिएनन् । बैठकमा प्रमुख अतिथी श्रेष्ठले पर्सा समाजवादी संगठन र चौरसिया माथिको आक्रमण सन्दर्भमा स–विस्तार सुनियो, अब यस सन्र्दभमा सचिवालयको बैठकले विधान अनुसार यथाशिघ्र निर्णय गर्ने प्रतिबद्वता ब्यक्त गरे ।

मधेश प्रदेशका अध्यक्ष प्रविण साहको अध्यक्षतामा सम्पन्न सो बैठक समापन गर्दै साहले हाम्रो पार्टी र संगठनमा भ्रष्टचारीहरुको काम नरहेको हाम्रा पार्टीका अध्यक्ष माधव कुमार नेपाल एवं अन्य नेताहरुबाट पटक–पटक प्रतिबद्धता आइरहदा हामी संगठनलाई शुद्धिकरण गर्दै लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.