बीरगंज ६ जेठ । ईलाका प्रहरी कार्यालय छपकैयाद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया स्थितमा रहेको ईलाका प्रहरी कार्यालय छपकैयाको परिसरमा आज आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १ महिला सहित १०० जनाले रक्तदान गरेका छन ।
ईलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरि ज्युको प्रमुख आतिथ्यमा तथा बीरगंज महानगर वडा १ का वडाअध्यक्ष मनोज राउत कुर्मी र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विदुर प्रसाद शिवाकोटीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको सो रक्तदान कार्यक्रममा स्वास्थ्य पत्रकार समूह वीरगन्जका कोषाध्यक्ष आनन्द पटेल,अरुण साह,गणेश ठाकुर,दिनेश साह तेलि,सुमन पटेल,दिपु साह कानु,गैतम साह लगायतले आआफ्नो अमुल्य रक्तदान गरेका थिए।
सो अवसरमा प्रमुख अतिथी गिरिले रक्तदान नै जिवनदान भएकोले रक्तदान गरि कसैको जीवन बचाउनेहरु नै हाम्रो समाज देशका असल हिरोहरु हुन , अहिले बीरगंज आसपासको क्षेत्रमा रगतको कमि भएकोले रक्तदान कार्यक्रमको आयोजना गरेकोमा ईलाका प्रहरी कार्यालय छपकैया प्रमुख तेज प्रताप सिंह एव परिवार प्रती आफू लाई गर्व लागेको बताउदै उहाँहरु र सम्पुर्ण रक्तदाताहरु लाई धन्यवाद ब्यक्त गर्नु भएका थिए भने अध्यक्ष सिंहले रक्तदान कार्यक्रम सफल बनाउनेमा साथ सहयोग गर्ने सम्पुर्ण प्रती आभार प्रकट गर्नु भएका थिए ।
सो अवसरमा बारा परवानिपुरका नेता समाजसेवी संजु साहले नेपाल रेडक्रस सोसाइटी पर्सा लाई ११ हजार नगद सहयोग प्रदान गर्नु भएका थिए सो रकम बराबरको चेक साहले रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेय लाई हस्तान्तरण गरेका थिए ।
सो रक्तदान कार्यक्रममा अतिथिहरु बोर्डर आउट पोस्त श्रीसिया प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउद, एमालेका नेता अरविन्द सिंह , बीरगंज महानगरपालिका उपमेयरका स्वकिय सचिव शेषकुमार हजरा, स्वच्छ युवा क्लबका उपाध्यक्ष उमेश साह,युवा समाजसेवीहरु विष्णु पटेल,अजय कुमार गुप्ता,मेघराज सहनी,संजित गुप्ता लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।