बिरगंज २४ बैशाख । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले भोलि आइतवारदेखि चल्ने संसद् अवरोध गर्ने चेतावनी दिएका छन् ।
बिरगंजमा सञ्चारकर्मीहरूसँगको भेटमा संसद्मा मोर्चाबन्दी गर्दै संसद् घेराउ गर्ने तयारी रहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकामाथि स्वच्छ छानबीन अगाडि बढाउन दबाबस्वरूप संसद् अवरोध गर्ने तयारी रहेको उनले बताए । उनले जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका सांसदहरूले भ्रष्टाचारीहरूलाई कारबाहीको माग गर्दै संसद्बाट जबसम्म स्वच्छ छानबीनको प्रत्याभूति हुँदैन, तबसम्म संसद् चल्न नदिने अडानमा सहकार्य गरी जाने सहमति भएको बताए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर पठाउन पाइँदैन, त्यसैले उक्त प्रकरणमा गृह सचिव टेकनाथ पाण्डे फस्ने अनि अरूहरू बच्ने, त्यो कदाीप हुन नदिने उनले बताए । उनले जो जसको नाम उक्त प्रकरणमा मुछिएको छ, सबैलाई कानून िदायरामा ल्याउनुपर्ने सरकारले प्रत्याभूति गर्नुपर्ने र सो नगरिएसम्म संसद् चल्ने नदिने बताए ।
उनले ठूला दल भनाउँका नेताहरू घटनामा दोषी देखिन थालेपछि यो प्रकरणलाई मत्थर बनाउने प्रयासमा एमाले र नेकाका शीर्ष नेताहरू लागिपरेको आरोप पनि लगाए ।
डा सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनमा कसरी प्रभावकारीरूपमा प्रस्तुत हुने भन्ने विषयमा रास्वपाका सांसद स्वर्णिम वाग्ले, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूसँग छलफल गरेको बताएका छन् ।