प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बैशाख २१ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन् ।

सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने बताए ।

अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि प्रतिक्रिया दिएका छन्। उनले यो प्रकरणमा एमालेले छानबिनमा सहयोग गर्ने बताएका छन् ।

एमाले सचिव टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पर्ने संभावना बढेपछि ओली प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका थिए ।

Facebook Comments Box

समन्धित समाचार