सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्न मुलुकी अपराध संहिता संशोधन गर्ने अध्यादेश जारी

काठमाडौँ २० बैशाख । सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।

Advertisement

सो अध्यादेशले मुलुकी अपराध संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मुलुकी अपराध संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको जानकारी दिए ।

सरकारले यसअघि १९ चैतमा आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुसँगको सम्झौताका क्रममा फास्ट ट्र्याकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनेको थियो भने लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कानुन बनाउने निर्णय गरेको थियो ।

मिटरब्याजपीडितका मागबारे उजुरी लिन र अनुसन्धान गर्न सरकारले तीन सदस्यीय आयोग गठन गरी आयोगले कामसमेत थालिसकेको छ ।

 

 

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box