ठगी आरोपमा पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत पुर्‍याइयो

काठमाडौं २० बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई थप अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।

Advertisement

जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि पहिलोपटक समय दिँदैछ। प्रहरीले पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने तयारी गरेको छ।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा मुछिएका थिए। पक्राउ परेका अन्य व्यक्तिले उनको पनि संलग्नता रहेको बयान दिएपछि पाण्डेलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box