दिपक चौरसिया
बिरगंज ९ बैशाख । बीरगंजको मुख्य चौक स्थित घन्टाघरमापशुराम जयन्तीको अवसरमा हरेराम हरेकृष्ण भनेर हिड्ने ब्यक्तिहरु वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले दादागिरी शैलीमा पक्राउ गरेको छ। लोकतन्त्रमा आ,आफ्नो स्वतन्त्रता धर्म तथा नृत्य गर्न पाउने ब्यवस्था रहे पनि प्रहरी निरिक्षक शाहीले आफ्नो बर्दिको आडमा अनाहकमा उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले यसरी उर्दी गर्नुले लोकतन्त्र माथि ठाडो हस्ताक्षेप गरेको भान भएको छ। सडकमा यसरी आफ्नो नृत्यनाटक गर्नु पाउने सविधानमा उल्लेख भए पनि प्रहरीले यस्तो ब्यवहार गरेको प्रति स्थानीय बासिन्दाहरु छक्क परेका छन ।
धर्म निरपेक्ष देश नेपालमा सबै धर्मावलम्बीले स्वतन्त्रतापूर्वक आफ्नो धर्म, संस्कृति मान्न पाउनु पर्ने, पूजा पाठ, भजन किर्तन गर्न पाउनु पर्ने संवैधानिक व्यवस्था रहेको भए पनि प्रहरीले यसरी खुल्ला रुपमा बन्देज लगाउने काम गर्नुले लोकतन्त्र माथि ठाडो हस्ताक्षेप गर्नु हो ।
शनिवार परेको पर्शुराम जयन्तीको अवसरमा बिहान करीब साढ़े नौ बजे तिर हरे कृष्ण हरे राम नामक भजन किर्तन गर्दै घण्टा घर पुगेका सनातनीहरूमाथि प्रहरी निरिक्षक शाहीसहितको टोलीले दुर्व्यवहार गर्दै तत्काल किर्तन बन्द गरेको थियो । प्रहरी निरिक्षक शाहीले आफूले प्रमुख जिल्ला अधिकारीको आदेशमा भजन किर्तनमाथि रोक लगाउनु परेको बताएका छन । आफ्नो धर्म प्रति यसरी प्रचारप्रसार गर्न पनि नपाउनु यो कस्तो लोकतन्त्र हो भनेर स्थानीय बासिन्दाहरु बताउँछन् ।
भजन किर्तन गर्नेहरूमाथि सार्वजनिक रुपमै दूर्यव्यवहार गर्न थालिएपछि सो ठाउँको दृश्य कैद गरिरहेका संचारकर्मीमाथि पनि प्रहरी निरिक्षक शाहीको आदेशमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी असइ अभिनन्दन कुशवाहाले जवरजस्ती मोबाईल खोस्न लगाउने काम समेत गरेको थियो । असइ कुशवाहा र सन्चारकर्मी बिच केही बेर घमसाघमसी समेत भएको थियो ।
प्रहरीको यो हरकत देखेर सडकमा आउजाउ गर्ने सर्वसाधारण प्रहरीको ज्यादतीविरुद्ध भुनभुन गर्न थालेका थिए।लोकतन्त्रमा स्वतंत्रतापूर्वक ईश्वरको नाम लिन समेत रोक लगाउनु प्रहरी निरिक्षक शाहीको ब्यवहारबाट स्थानीय बटुवाहरु समेत अचम्मित भएका हुन ।
किर्तन गर्ने मध्येकाका गुरुलाई किर्तन नगर्न आग्रह गरी फिर्ता पठाई साथै दुई जनालाई नियंत्रणमा लिई सम्झाई बुझाई गरी फिर्ता पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभएको छ।
अरुलाई असर नपर्ने गरी आफ्नो धर्म संस्कृति मान्न पाउनु पर्ने संवैधानिक स्वतन्त्रता माथि प्रहरीबाट नै हस्तक्षेप हुनु भनेको लोकतन्त्र माथि ठाडो हस्ताक्षेप भएको बुझिन्छ आफ्नो नृत्यनाटक तथा भजन कृतन पनि गर्न नपाउनु कस्तो बिडम्नाको कुरा हो । आफ्नो स्वतन्त्रता माथि अरुले हस्ताक्षेप गर्नु भनेको कस्तो अपेक्षा गर्ने?