गायत्री मन्त्र र जय श्री राम को नारा लगाउदै संसदमै जयसवालले नेपाललाइ हिन्दु राष्ट्र घोषणा गर्न माग

बिरगंज ५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जयसवालले संसद बैठकमा गायत्री मन्त्र सुनाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

उनले गायत्री मन्त्र संसदमा पनि जप्नुपर्ने धारणा राखिन् । ‘यदि देश र जनताप्रति इमानदार र निष्ठावान बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस्, भ्रष्टाचार कम होस् भने यस मन्त्रको जपन यसै सदनमा हुनुपर्छ’ उनले भनिन् ।

सांसद जयसवालले आफू सबै धर्म एउटै हो भन्नेमा दृढ विश्वास राख्ने भन्दै उनले तर आफ्नो धर्ममा गर्व गर्ने बताइन् । धर्ममा भेद नरहेको, मान्छेको मनमा भेद रहेको उल्लेख गर्दै उनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गरिन् । जयसवालले जय श्री रामको नारा लगाएर आफ्नो भनाईलाई अन्त्य गरिन् ।

यसअघि पनि उनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.